ब्यानर

एट्जोन कास्कीद्वारा नागरिक पत्रकारिता तालिम सञ्चालन

पोखरा । तमू (गुरुङ) संचारकर्मी संघ (एट्जोन) कास्कीले सूर्यमुखी तमू समाजसँगको समन्वयमा ३ दिने नागरिक पत्रकारिता तालिम सुरु गरेको छ। पत्रकारिता क्षेत्रलाई थप सशक्त गराउँदै समाज रूपान्तरणमा योगदान दिने उद्देश्यसहित तालिमको आयोजना गरिएको एट्जोन कास्की शाखाका अध्यक्ष युगबहादुर तमूले जानकारी दिए।

एट्जोनका सङ्घीय अध्यक्ष लाला तमूले कास्की शाखाले आयोजना गरेको कार्यक्रमले समग्र तमू सञ्चारकर्मी संघलाई चलायमान गराउन भूमिका खेल्ने बताए। सबै जिल्ला शाखाहरूले विभिन्न खालका तालिम तथा कार्यक्रम सञ्चालन गर्न सके समग्र तमू सञ्चारकर्मीहरूको क्षमता विकासमा टेवा पुग्ने बताए। उनले तालिममा सहभागीहरुलाई गम्भीरताका साथ ग्रहण गरि व्यवहार उतार्न सुझाव दिए।

पोखरा महानगरपालिका वडा नं.३० स्थित मुसेटुँडामा सञ्चालित तालिममा तमू धीँ नेपालका अध्यक्ष हुमबहादुर तमू र बरिष्ठ सञ्चारकर्मी शान्ति तमूस्योसहित खिमा तमूस्यो, शीला तमूस्यो, युगबहादुर तमू र सम्राट तमूले प्रशिक्षण दिनेछन्।

सूर्यमुखी तमू आमा समाजकी अध्यक्ष तिलकुमारी तमूस्यो, आनन्द धर्म चक्र बौद्ध गुम्बाका अध्यक्ष सुवेदार कमलसिंह तमू, रुपा गाउँपालिका वडा नं ५ का निवर्तमान अध्यक्ष टेकबहादुर तमूलगायतको उपस्थिति रहेको कार्यक्रम सूर्यमुखी तमू समाजका अध्यक्ष सुवेदर दलबहादुर तमूले स्वागत मन्तव्य दिएका थिए।

Photo source : biruwakhabar.com