प्रवास

सोंपाल समाज युकेको अध्यक्षमा जगदीश गुरुङ

लन्डन । सोंपाल समाज युकेको अध्यक्षमा जगदिश गुरुङ सर्वसम्मत चयन भएका छन् ।

आइतबार सम्पन्न अधिवेशनले तमु धीं लन्डन इकाइका सल्लाहकारसमेत रहेका गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भरत गुरुङ र श्रीमती मीना गुरुङ, महासचिवमा क्या. मोहन गुरुङ, सचिवमा नवराज गुरुङ, कोषाध्यक्षमा अन्तिम गुरुङ, सांस्कृतिक सचिवमा सिर्जना गुरुङ रहेका छन् ।

त्यस्तै, आमा समूह अध्यक्षमा श्रीमती मनदेवी गुरुङ र उपाध्यक्षमा श्रीमती माया गुरुङ चयन भएका छन् ।

समाजमा यसअघि श्रीप्रसाद गुरुङ अध्यक्ष थिए । नवनिर्वाचित कार्यसमितिलाई तमु धीं लन्डन इकाइले बधाई ज्ञापन गरेको छ ।

सोंपाल समाज युके र तमु धीं लन्डन इकाईबीचको सम्बन्ध विगत झैँ आपसी भाइचाराको रूपमा अघि बढ्ने कामनासहित इकाईका महासचिव रक गुरुङले शुभकामना व्यक्त गरे ।