प्रवास

तमू समाज कुवेतद्वारा आठौ रक्तदान कार्यक्रम, १०९ जनाले गरे रक्तदान

कुबेत । ‘रक्तदान जीवनदान’ भन्ने पवित्र उद्देश्य र मानवीय भावनाका साथ तमू समाज, कुवेतद्वारा ०३ मे २०२४ मा आयोजना गरेको आठौ बृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ ।

समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनीय सहभागिता रहेको थियो भने १०९ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।

तमू समाज, कुवेतका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा. समर अतिथिहरुमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, कार्यक्रममा नेपाली दूतावास परिवार, कुबेतका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा स्वंयमसेवी रक्तदाताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

अपरान्ह २ बजेदेखि शुरु भएको कार्यक्रमलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, बिशेष अतिथिहरुद्वारा संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत लम्सालले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस्तो मानवीय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिँदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज, कुवेतको खुलेर प्रसंशा गरेका थिए ।

शुभकामना मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि डा. समर, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कुवेत अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल, एनआरएनए कुवेतका वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रिनले शुभकामना मन्तव्य दिएका थिए ।

समाजका वरिष्ठ सल्लाहकार, कार्यक्रम संयोजक खोप गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीवन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरुमाझ सचेतना जगाउँदै यस्ता मानवीय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागिपरेको प्रस्ट्याउँदै उक्त आठौं बृहत रक्तदान कार्यमा सहयोग गर्ने नेपाली राजदूतावास,ने पाली संघसंस्था एवं पत्रकार लगायत सम्पूर्ण रक्तदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमका फोटोहरु–