प्रवास

तमू समाज कुवेतले ‘आठौ बृहत रक्तदान कार्यक्रम’ मे ३ तारिखमा गर्ने

कुबेत । रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाउँदै आएको रक्तदान अभियान आठौ कार्यक्रम स्वरुप आगामी ३ मे २०२४ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।

जीवन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जीवन मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जीवन विश्वको एक कुनाबाट रक्तदान गरेर अर्को कुनासम्म बचाउन सकिन्छ । तमु समाज कुबेतले यही वास्तविकतालाई अनुसरण गरेर बिगत ८ बर्षदेखि कुवेतको नेपाली समाजमा रक्तदान अभियान चलाउँदै आएको छ ।

सदाझैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपटक पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानवीय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ।

मिति – ०३ मे २०२४ शुक्रबार
समय – दिनको ठीक १ बजे
स्थान – सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजक स् तमू समाज कुबेत