गुरुङ विशेष

तमु समाज युकेको सहयोगमा बन्यो घाटु नाच महिलाको प्रतिमा

काठमाडौं । तमु समाज युकेको आर्थिक सहयोगमा तमु धिं नेपालको संग्रहालयमा दुई घाटु नाचका महिलाको प्रतिमा निर्माण भएको छ ।

पोखरास्थित तमु धिं नेपालमा रहेको संग्रहालयमा घाटुनीहरुको प्रतिमा निर्माण गरिएको हो । सो प्रतिमा निर्माणका लागि तमु समाज युकेले ४ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सो प्रतिमा निर्माण मेजर (रि) लक्षिमीप्रसाद गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र वर्तमान अध्यक्ष शिव कुमार गुरुङको परामर्श भएको थियो ।

पुस १५ तमू ल्होछारको दिन सो प्रतिमा हस्तान्तरण गरिएको छ । तमु समाज युकेको प्रतिनिधि (मिडिया संयोजक) तथा घान्द्रुक समाज युकेका अध्यक्ष नारायण गुरुङ नेपालमा रहेको मौकामा सो प्रतिमा तमु धि नेपालका अध्यक्ष हुम गुरुङलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले तमु समाज युकेले विदेशमा रही आफ्नो तमुहरुको पहिचानलाई जीवन्त राख्न संग्रहालयलाई सहयोग गरेकोमा आभारसहित धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्मा गुरुङ तथा सहजीकरण अभियन्ता मेजर (रि.) लक्षिमीप्रसाद गुरुङ समेतको उपस्थिति थियो ।