कभर स्टोरी

ल्होफल मुप्री ल्हो

  • लिलबहादुर तमू (तमू एष्ट्रो)

यो २०८०–२०८१ साल मुप्री ल्हो (गरुड) गिद्धै खम काष्ठ मेवा ३ (सुप्ते) अन्तर्गत १ वर्षदेखि ९६ वर्षसम्म उमेर पुगेका व्यक्तिहरूका आयु, स्वास्थ्य, कार्य व्यापार, यात्रा, पारिवारिक, व्यापारिक सम्बन्ध, भाग्य, उपयुक्त, अनुपयुक्त, सहचर, फाप–अफाप, दिशा, राम्रो–नराम्रो पक्ष र दशा ग्रहबारे केही संक्षेपमा जानकारी लिनुहोस् र दशा ग्रहको प्रभावबाट बचाई यस वर्षका प्राप्त ज्योतिषीय कुशल फल, भाग्य सदुपयोग गरी गराई आफ्नो प्रियजनको हित गर्नु र गराउनुहोस् । बाह्र ल्होका दिनहरूमा गर्नुहुने र नहुने शुभ–अशुभ कार्यहरूको ज्योतिषीय परामर्श गराउनु राम्रो होला ।

१. पार्ग ल्ही (दक्षिण दिशा)
गिद्ध (गरुड) वर्ग ः १, २५, ४९, ७३ वर्षको पुरुष
१३, ३७, ६१, ८५ वर्षकी स्त्री
मुसा वर्ग ः ५, २९, ५३, ७७ वर्षकी स्त्री
१७, ४१, ६५, ८९ वर्षको पुरुष
बाँदर वर्ग ः ९, ३३, ५७, ८१ वर्षको पुरुष
२१, ४५, ६९, ९३ वर्षकी स्त्री

यी माथि उल्लेख गरिएका वर्ग र वर्षका पुरुष र स्त्री दुवै दक्षिण ल्हीमा बसेको छ । तर यो पुरुषको जन्मघर हो । यसलाई मे धीं आगोको घर भनिन्छ । यो पार्गमा भएका वर्गले आगो लिएर बसेको हुन्छ । यस वर्ष दक्षिण दिशा, आगो र रातो रंग, धनमाल बर्जित हुन्छ । यस दिशामा बस्दा आगोले खाएको, बाघले खाएको, बज्रले खाएको, अगति दोषले पिर्न सक्छ, यो दिशा नजानू । दुःख कष्ट हुन्छ । माछा मासुमा दोष अथवा बिगार पर्नेछ । सेतो कपडा नकिन्नु, अशुभ हुन्छ, दुःख कष्ट हुन्छ । असोज महिनासँग मिल्दैन, दुःख बिमार हुने सम्भावना हुन्छ । गाईवस्तु लेनदेन नगर्नुहोला । यस पार्गमा बस्ने पुरुषले विवाह गर्न हुने र स्त्रीले भने विवाह गर्नु हुँदैन । झै–झगडा पर्न सक्छ । मनले आँटेको काम नपुग्न सक्छ । काम गरेर जस पुग्दैन । यो वर्ष मुसा वर्ग र बाँदर वर्ग थिसँु परेको छ । दुःख बिमार हुन सक्छ । गरेको काम असफल होला । थिसुँ ग्रह दक्षिणतिर फाल्नु ।

२. पार्ग ख्वेँ(नैऋत्य दिशा)

बिरालो वर्ग ः २, २६, ५०, ७४ वर्षको पुरुष
सर्प वर्ग ः १२, ३६, ६०, ८० वर्षकी स्त्री
घोडा वर्ग ः १०, ३४, ५८, ८२ वर्षको पुरुष
चरा वर्ग ः २०, ४४, ६८, ९२ वर्षकी स्त्री
मृग वर्ग ः १८, ४२, ६६, ९० वर्षको पुरुष
गाई वर्ग ः ४, २८, ५२, ७६ वर्षकी स्त्री

नैऋत्य पार्ग खेँमा बस्दा पुरुषको घुम्टो हुन्छ । यस खेँमा भएकोले नैऋत्य दिशा नजानु, पहेँलो वस्त्र नलिनु, दुःख बिमार हुने सम्भावना हुन्छ । चैत महिनासँग मिल्दैन । पुरुषको वुई म्रा धीं भएकाले अचानक नसोचेको नसम्झेको ठाउँमा जानु पर्ला । लड्न सक्छ, होसियार हुनु । बिरामी भए व्यथा लामो हुनेछ । दुःख–कष्ट होला । नयाँ घर नबनाउनु, विवाह नगर्नु, झै–झगडा पर्ने, मर्नु भाग्नु हुनेछ । घरको कुलले पिर्नेछ । दुःख–कष्ट होला । ग्रह शान्ति गर्नु राम्रो हुनेछ । यो पुरुषहरूको घुम्टो घर भएकाले महिलालाई भन्दा विशेषगरी पुरुषलाई बढी सताउने छ ।

३. पार्ग त (पश्चिम दिशा)

घोडा वर्ग ः ११, ३५, ५९, ८३ वर्षका पुरुष र स्त्री
कुकुर वर्ग ः १९, ४३, ६७, ९१ वर्षका पुरुष र स्त्री
बाघ वर्ग ः ३, २७, ५१, ७५ वर्षका पुरुष र स्त्री

यस ल्होमा पार्ग त मा उपर्युक्त वर्षमा मानिसहरूले पश्चिम दिशा नजानु, कालो वस्तु नलिनु, नयाँ हतियार नलिनु, बर्जित हुन्छ । घरगोठ बनाउन राम्रो छ । जग्गा लिनु हुन्छ । वर्गअनुसारको मरेको ठाउँमा नजानु, मलामी नजानु, असार महिनासँग मिल्दैन । भूत, प्रेत, पिशाचले पिर्ने र शरीरको देब्रे हरमा व्यथा लाग्ने सम्भावना देखिन्छ । जन्तर–मन्तर गर्नु, राति नहिँड्नु, टाढा नजानु, चोटपटक लाग्ने डर हुने, कष्ट हुने, खर्च हुने आदि सम्भावना देखिन्छ । उपर्युक्त वर्गका पुरुषहरूले विवाह गर्नु राम्रो हुनेछ ।

४. पार्ग खेँ (वायव्य दिशा)

सर्प वर्ग ः १२, ३६, ६०, ८४ वर्षको पुरुष
भेडा वर्ग ः १०, ३४, ५८, ८२ वर्षकी स्त्री
चरा वर्ग ः २०, ४४, ६८, ९२ वर्षको पुरुष
मृग वर्ग ः १८, ४२, ६६, ९० वर्षकी स्त्री
गाई वर्ग ः ४, २८, ५२, ७६ वर्षको पुरुष
बिरालो वर्ग ः २, २६, ५०, ७४ वर्षकी स्त्री

यस ल्होमा पार्ग खेँमा उपर्युक्त वर्षका मानिसहरू वायव्य दिशा नजानु, पहे“लो वस्त्र नलिनु, बर्जित हुन्छ । यो दिशा महिलाको घुम्टो घर भएकाले महिलालाई दुःख–बिमार हुने सम्भावना हुन्छ । वर्गअनुसारको घरजग्गा बनाउन, किन्न पनि राम्रो हुन्छ । कुनै वर्गको त्हुर्जा त्हेँगर्नु पर्नेछ । तर वर्ग हेरेर पनि विवाह गर्न राम्रो हुन्छ । वायव्य बस्दा आँशुको बाटो हुन्छ । त्यसैले भीर र आगो जोखिम छ, जोगाउनु । वायुले पिर्नेछ ।

५. पार्ग खाँ (उत्तर दिशा)

गिद्ध (गरुड) वर्ग ः १, २५, ४९, ७३ वर्षकी स्त्री
१३, ३७, ६१, ८५ वर्षको पुरुष
बाँदर वर्ग ः ९, ३३, ५७, ८१ वर्षकी स्त्री
२१, ४५, ६९, ९३ वर्षको पुरुष
मुसा वर्ग ः ५, २९, ५३, ७० वर्षको पुरुष
१७, ४१, ६५, ८९ वर्षकी स्त्री

यस वर्ष उल्लिखित वर्ग र वर्षका मानिसहरू उत्तर दिशा नजानु, सेतो वस्त्र नलिनु, ठूलो खोलानाला नतर्नु, बर्जित हुन्छ । साउन महिनासँग मिल्दैन, दुःख कष्ट हुन्छ । मानिस मरेको ठाउँमा नजानु, मरेको ठाउँको काट्टो नखानु । सपना नराम्रो देख्छ । सपनामा मरेको मानिसँग हिँडिरेको हुनेछ । अर्कालाई ऋण नदिनु, त्यो पैसा फर्केर आउँदैन, आए पनि शत्रु भएर आउने छ । नयाँ घर नबनाउनु, सिमेभुमेको दोषले पिर्नेछ । भाइखलकको बायोले पिर्ने, घरको कुलले पिर्ने । जलमा बस्ने भूत, मसान, झाँक्रीको दोषले पिर्ने, पानीले बगाएर मरेकाले पिर्ने, आँटे ताकेको कुरा नपुग्ने, सोचेजस्तो नहुने, सह नबस्ने आदि हुनेछ । यो वर्ष विवाह नगर्नु, अर्घौं नगर्नु, खति होला । मृग वर्गका पुरुष र स्त्रीहरू बिरामी भएमा ङ्है त्हेँगर्नु राम्रो हुनेछ ।

६. पार्ग क्हि (इशान दिशा)

सर्प वर्ग ः २४, ४८, ७२, ९६ वर्षकी स्त्री
भेंडा वर्ग ः २२, ४६, ७०, ९४ वर्षको पुरुष
मृग वर्ग ः ६, ३०, ५४, ७८ वर्षको पुरुष
गाई वर्ग ः १६, ४०, ६४, ८८ वर्षकी स्त्री
बिरालो वर्ग ः १४, ३८, ६२, ८६ वर्षको पुरुष

यस वर्ष उल्लिखित वर्ग र वर्षका मानिसहरू इशान दिशा नजानु, पहेँलो वस्त्र नलिनु, मासुको पसल नजानु, जङ्गलमा बास नबस्नु, गाईगोरु नबेच्नु, नकिन्नु, बर्जित हुन्छ । अपुताली भाँडो नलिनु, पिर्छ । माघ महिनासँग मिल्दैन, दुःख–कष्ट हुन्छ । कात्तिक र चैतमा रखबार गर्नु, छेखु–योखु गर्नु राम्रो हुन्छ । पूर्व र पश्चिम दिशाको दुसातले पिर्ने सम्भावना हुन्छ । घरको कुलदेवताले पिर्छ । तर जङ्गल र खरभीर लेनदेन गर्नु राम्रो हुन्छ ।

७. पार्ग सिं (पूर्व दिशा)

घोडा वर्ग ः २३, ४७, ७१, ९५ वर्षका पुरुष र स्त्री
कुकुर वर्ग ः ७, ३१, ५५, ७९ वर्षका पुरुष र स्त्री
बाघ वर्ग ः १५, ३९, ६३, ८७ वर्षका पुरुष र स्त्री

यस ल्होमा उपर्युक्त वर्गका मानिसहरू पूर्व दिशा नजानु, हरियो वस्त्र नलिनु, काठसँग मिल्दैन, रुखमुनि नबस्नु, ठूलो रुखमा नचढ्नु, बर्जित हुन्छ । पुस महिनासँग मिल्दैन, दुःख कष्ट होला । फलफूल, दही, मासुमा कपट, बिगार पर्ने सम्भावना हुन्छ । ख्याल राख्नु । रुखबाट खसेको, भीरबाट खसेको वायु पिशाचले पिर्नेछ । कुटुम्बको वायुले पिर्नेछ । पूर्व दिशाको दुसात र भूत पिशाचहरू, मसानले पिर्ने सम्भावना हुन्छ । टाउको, ढाड, छाती दुख्छ । यसका लागि जन्तरमन्तर र रखबार गर्नु राम्रो हुनेछ । हातमा सह छ । दोपाया, चौपाया लेनदेन गर्नु राम्रो हुनेछ । वर्गअनुसारको विवाह गर्नु राम्रो हुनेछ ।

८. पार्ग स्वैँ (आग्नेय दिशा)

सर्प वर्ग ः २४, ४८, ७२, ९६ वर्षको पुरुष
भेंडा वर्ग ः २२, ४६, ७०, ९४ वर्षकी स्त्री
चरा वर्ग ः ८, ३२, ५६, ८० वर्षको पुरुष
मृग वर्ग ः ६, ३०, ५४, ७८ वर्षकी स्त्री
गाई वर्ग ः १६, ४०, ६४, ८८ वर्षको पुरुष
बिरालो वर्ग ः १४, ३८, ६२, ८६ वर्षकी स्त्री

यो वर्षमा उपर्युक्त ल्होका मानिसहरू आग्नेय दिशा नजानु, पहेँलो वस्त्र नलिनु, माटो पनि बर्जित हुन्छ । आग्नेय दिशाको दुसातले पिर्नेछ । शरीर आलस्य हुने, त्यसै त्यसै गलेर आउने आदि लक्षण देखापर्ने देखिन्छ । फागुन महिनासँग मिल्दैन, दुःख कष्ट हुन्छ । कुटुम्बको धन आएमा पिर्नेछ । ग्रह काट्नु, रखबार गर्नु राम्रो हुन्छ । घर बनाउने काममा विशेष विचार पु¥याउनु पर्ने देखिन्छ । अरू सबै कुराहरू राम्रो हुनेछ ।

संक्षेपमा

गरुड वर्ग आउँदा गरुड वर्ग हाल्कीको मुखमा बस्छ । रक्षाबन्धन (स्वास्ति–शान्ति) गर्नु । गाई वर्ग चार वर्षको फरक (सिक्यो) घातक छ । ५, ९ वर्षको फरक थिँसु अशुभ छ । १० वर्षको फरक (ह्रोक्या) टाढा हुने वा मध्म छ ।

गाई वर्ग चार वर्षको फरक (सिक्यो) घातकमा पर्छ । यो पार्ग प्रेअनुसार पार्ग खेँमा बसेको हुन्छ । माटोको घरमा छ, त्यति राम्रो मान्दैन । यस पार्गलाई पैंडीहरूले हेर्दा चिहान घर (त्हुर्जा धीं) स्त्रीको ढोका घर (म्रागे धीं) भनेर बुझिन्छ । मुसा वर्ग र बाँदर वर्ग पाँचौँ र नवौँमा पर्छ । थिसुँ अशुभ हुन्छ । केटो ल्हीमा, महिलाहरू खाँ, म्ल्वो धींको घरमा बस्दछ । त्यसैले मुल प्ल्हकु गर्दा राम्रो हुन्छ । त्हु ल्हो भेंडा वर्ग १० औँमा पर्छ । राम्रो नराम्रो दुवै बराबर हुन्छ । अलि टाढा हुनेछ । मध्यम वर्ग हो ।

पार्ग प्रेअनुसार अति नराम्रो दिशाहरू, अति नै नराम्रो, मुडुलो र कपाल फुकाउने घर इशान (क्ही) घर हो । इशानमा बस्दा राम्रा कामहरू कहिल्यै सफल हुँदैन । यसमा बस्दा किरिया काज गर्नुपर्ने सम्भावना बढी रहन्छ । कुकुर वर्ग सातौ“मा पर्दछ । यो शत्रु घर भएकाले पार्गअनुसार त्हे गर्नु । चरा वर्ग आठौ“मा पर्दछ । मर्नु, भाग्नु हुनेछ । रक्षाबन्धन, स्वास्ति–शान्ति गर्नु । त्यसकारण पार्गअनुसार त्हेँ गर्दा राम्रो हुनेछ ।