गुरुङ विशेष

तमु धिं नेपालमा २२ जना मनोनित (नामावलीसहित)

पोखरा । तमु समुदायको पुरानो अग्रणी सामाजिक संस्था तमु धिं नेपालको कार्यसमितिमा २२ जना मनोनयन गरिएको छ ।

विधानतः तमु धिंको १६औंं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठकले क्षेत्रीय तमु समाजहरु, विभिन्न संस्था एवम क्षेत्रका व्यक्तित्वहरु मनोनयन गर्दै तमु धिं नेपालको कार्यसमितिलाई पूर्णता दिइएको अध्यक्ष हुम गुरुङले जानकारी दिए ।

मनोनित ुभएकाहरुमा केन्द्रीय सदस्यहरुलाई मुप्ह्री ल्हो तमु ल्होछारका दिन पुस १५ गते तमु धिंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराइने तमु धिं नेपालले जनाएको छ ।

तमु धिं नेपालको केन्द्रिय सदस्यमा तमु धिं नेपाल प्रवास शाखा साउदी अरबका तर्फबाट क्या.कमल गुरुङ, शान्ति रुपा बराहथोक तमु समाजकी काशीमाया गुरुङ, गुरुङ लाम्छाने समाज नेपालका कृष्ण कुमार गुरुङ, मिरुवा तमु समाजका खर्कमान गुरुङ, श्री सोंपाल तमु समाजकी चिनु गुरुङ, घाचोक लाम्छाने तमु समाजका जगत बहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समितिकी टीका गुरुङ, तमु सहयोग समिती पार्दीका ध्रुव गुरुङ, तमु सेवा समिति नयाँबजारकी बाल कुमारी गुरुङ, मिलिजुली बिजयपुर तमु समाजकी बाल कुमारी गुरुङ, चारभन्ज्याङ तमु समाजकी बिना गुरुङ, कोल्माबहाकोट तमु समाजकी बिमला गुरुङ, तमु ह्युला धिं तालवेसीका बिष्णु गुरुङ, हिमाली गुरुङ परिवारकी लक्ष्मी गुरुङ, चिउली पाचे तमु समाजका लेखबहादुर गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका श्रीजङ गुरुङ, तमु (गुरुङ) कलाकार संघ गण्डकीका सुरेन्द्र गुरुङ, ताङतिङ दुधपोखरी तमु समाजका सुवेदार जसबहादुर गुरुङ, तमु सेवा समिति नयाँबजारक िहरिमाया तमु, नागबेली तमु समाजकी हिरादेवी गुरुङ, सोंपाल तमु समाजकी हुमकुमारी गुरुङ, तनहुँ तमु समाजका ज्ञानसिंङ गुरुङ मनोनयन भएका छन् ।