ब्यानर

फेदीखोलामा खेमा लिपि प्रशिक्षण सुरु

स्याङ्जा । गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकीको आयोजना एवं फेदीखोला गाउँपालिका र तमु (गुरुङ) समाज फेदीखोलाको संयोजनमा खेमा लिपि प्रशिक्षण सुरु भएको छ ।

कात्तिक १ गतेदेखि १४ गतेसम्म फेदीखोला तमु समाज भवन, फेदीखोलामा ‘गुरुङ भाषाको खेमा लिपि’ को प्रशिक्षण शुरु भएको हो । प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देऊ कुमारी गुरुङले शुभारम्भ गरेका थिए ।

प्रशिक्षणमा ६० जना सहभागी छन् । प्रशिक्षक गिरमान गुरुङले दुई हप्तासम्म प्रशिक्षण गर्नेछन ।

कार्यक्रमको शुभारम्भमा तमु (गुरुङ) समाज फेदीखोलाका अध्यक्ष खेमबहादुर गुरुङले वडाले आर्थिक सहयोग कम गरेको भन्दै अप्ठेरो परेकाले आर्थिक व्इवस्थापनमा ध्यान दिन अनुरोध गरे ।

कार्यक्रममा प्रमुख अतिथि फेदीखोला गाउँपालिका उपाध्यक्ष देउ कुमारी गुरुङ हाम्रो भाषा, संस्कार संस्कृति बचाउन सके मात्र हाम्रो अस्तित्व बच्ने भदै बाल बच्चालाई पढाउन सके हाम्रो हक अधिकार प्राप्त गर्न सजिलो हुने बताए ।

विशेष अतिथि २ नं. वडाध्यक्ष अबिलाश गुरुङले फेदीखोला तमु समाजले संस्कृति संरक्षण गर्ने उद्देश्यको साथ ह्होटे पर्व मनाउँदै आएको र अहिले भाषा संस्कृत जोगाउनको लागि खेमा लिपिको अध्यापन गराउन लागेको भन्दै प्रशंसा गरे ।

वडाध्यक्ष गुरुङले भने, ‘जबसम्म हाम्रो भाषा, संस्कृति र कला जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्दैनौं हाम्रो पहिचान र हाम्रो इतिहास जगेर्ना गर्न सक्दैनौं। हाम्रो भाषा कला, भेषभुषाको संरक्षण गर्दै निजामती सेवा र राजनीतिमा समेत लाग्नुपर्छ। हाम्रो सामाजिक एकता र आर्थिक समृद्धिको सहि सदुपयोग गर्नुपर्छ। पल्टने संस्कारबाट पीडित हाम्रो तमु समुदायले अब राज्य सत्ता प्राप्ति र सरकारी निकायमा हाम्रा भावी सन्ततिलाई पुर्याउन अध्यानलाई जोड दिनुका साथै सामाजिक सेवाको काममा सक्रिय बनाउनु पर्छ। समाजिक संघ संस्थाको नेतृत्वको लिनुपर्छ र इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्नुपर्छ । गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन पनि खेमा लिपि प्रशिक्षणको आवश्यक छ ।’

कार्यक्रम सन्चालन मोहन गुरुङले गरेका थिए ।