गुरुङ विशेष

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकका उम्मेदवार अनिता गुरुङले अघि सारे ५ एजेण्डा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी घोषणा गर्दै पाँच बुँदे एजेण्डा अघि सारेका छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि सक्रियताका साथ लाग्दै ११औं अन्तर्राष्ट्रिय महाधिवेसनसम्म आाईपुग्दा आफ्ना सहकर्मी साथीहरू, अग्रजहरु र एनआरएनए अभियान्ताहरूले अन्तर्राष्ट्रिय समन्वय परिषदको एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा उम्मेदवारी दिन सुझाव आएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै फेसबुकमा गुरुङले लेखेका छन्, ‘गैरआवासीय नेपाली संघको अभियानमा लामो समयदेखि आबध्द रहि ११औं अन्तराष्ट्रीय महाधिवेसनसम्म आाईपुग्दा मेरा सहकर्मी साथीहरू, अग्रजज्यूहरु, शुभ९चिन्तकज्यूहरु , डेलिगेट्स ज्युहरू एवं एनआरएनए अभियान्ताहरूले अन्तराष्ट्रयीय समन्वय परिषदमा मलाई पनि आबद्ध भई काम गर्न सल्लाह सुझाब दर्साउनु भएकोले यस पटक एसिया क्षेत्रको महिला संयोजकमा बसेर काम गर्ने इच्छा ब्यक्त गरेकी छु । सदाझै यहाँहरूको अपार माया, साथ, सहयोगसगै अमूल्य मत पाउने असिम आशा राखेकी छु ।’

एजेन्डाहरूः

१. संस्थाको शुद्धिकरण र भावनात्मक एकता : एनआरएनएमा महिला सहभागिता

२. परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्ने।

३. परदेशी भूमिमा हुर्किदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिकाउने ।

४. नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीप घरदेशमा रहेका महिला दिदिबहिनीहरुबीच समन्वय गरी जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने । महिलाहरुको समस्या पहिचान र समाधान गर्न महिला नेतृत्वलाई अगाडि बढाउने ।

५. विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुखको अभिभावकीय संस्था हो भन्ने अनुभूति गराउने, जुनसुकै कारणले विदेशीएका नेपालीहरुका लागि “एनआरएनए मेरो भरपर्दो साथी” भन्ने अवधारणा ल्याउने ।