गुरुङ विशेष

तमू प्ये ल्हु संघको अध्यक्षमा विक्रम गुरुङ

भरतपुर । तमू प्ये ल्हु संघ चितवनको अध्यक्षमा विक्रम गुरूङ चयन भएका छन्। शनिबार सम्पन्न संघको २०औँ साधारण सभा तथा सातौँ अधिवेशनबाट विक्रमको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।

आगामी दुई वर्षे कार्यकालको लागि संघको उपाध्यक्षमा इन्द्रकुमारी गुरूङ र कृष्णबहादुर गुरूङ चयन भएका छन्। यस्तै सचिवमा चित्रबहादुर गुरूङ र संगठन सचिवमा पूर्ण गुरूङ, कोषाध्यक्षमा रीता गुरूङ सह–कोषाध्यक्षमा जयबहादुर गुरूङ चयन भएका छन्।

सदस्यहरूमा कुमार गुरूङ, ज्ञान गुरूङ, कृष्ण गुरूङ, रेशबहादुर गुरूङ, ईश्वर गुरूङ र माया गुरूङ चयन भएका छन्।