गुरुङ विशेष

तमू बौद्ध सेवा समितिबाट दुई तमू मन्त्रीको सम्मान

काठमाडौं । तमू बौद्ध सेवा समिति नेपालले संघीय दुई मन्त्रीलाई सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा समितिले कानुनमन्त्री धनराज गुरुङ र शहरी विकासमन्त्री सीता गुरुङलाई सम्मान गएिको हो ।

काठमाडौंको अनामनगरस्थित गुम्बामा लामा गुरुहरुद्वारा बुद्धिष्ट मन्त्र पाठ गरी स्वागत गरिएको थियो भने संस्थाका प्रमुख सल्लाहकार तोरणबहादुर गुरुङले मन्त्रीद्वयलाई शुभकामना दिए ।

कार्यक्रममा कानुनमन्त्री गुरुङले मन्त्री पद आउने जाने भएकाले आफूहरुलाई संस्थाको परिवार सम्झिदिए पुग्ने बताए । उनले तमू बौद्ध सेवा समितिको सफलतामा लाहुरेहरुले खेलेको भूमिकाप्रति गर्व लाग्ने बताए ।

शहरी विकासमन्त्री गुरुङले भने, ‘हामी मन्त्री छौ के कति गर्नु सकिन्छ राम्रो गर्ने छौ, म तपाईंहरुकै चेली गुरुङको नाक सधै उच्च राख्ने प्रण गर्छु ।’

कार्यक्रम समितिका अध्यक्ष अध्यक्ष क्या. नारायण गुरुङको अध्यक्षतामा भएको थियो भने महासचिव पुष्पबहादुर गुरुङले सञ्चालन गरेका थिए ।