प्रवास

तमु प्ये ल्हू संघ कतारको अध्यक्षमा पुनः चन्द्र ल्हेगे तमु

दोहा । तमु प्ये ल्हू संघ कतार शाखाको चौंथो अधिवेशनबाट चन्द्र ल्हेगे तमु पुनः दोस्रो कार्यकालको लागि सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् ।

गत शुक्रबार २२ सेप्टेम्वर २०२३ मा तमु प्ये ल्हू संघ कतार शाखाको चौंथो अधिवेशनद्धारा चन्द्र ल्हेगे तमु पुनः दोस्रो कार्यकालको लागि सर्वसम्मत अध्यक्ष निर्वाचित भएकाछन् भने प्रथम उपाध्यक्ष क्षेत्र बहादुर थिम्जे तमु (सिबि), द्दितिय उपाध्यक्ष राम बहादुर ल्हेगे तमु, तृतिय उपाध्यक्ष पृतम ल्हेगे तमु, सचिव फलेन्द्र थिम्जे तमु, सह–सचिव ओम क्याप्छे तमु, कोषाध्यक्ष टेक बहादुर खक्यु तमु र सह–कोषाध्यक्ष अन्जिव योज्मे तमु सर्वसम्मत् निर्वाचित भए ।

यसैगरी कार्यसमिति सदस्यहरुमा दुर्गा क्रोम्छे तमुस्यो, पवन प्हच्यु तमु, कृष्ण ल्हेगे तमु, श्याम थिम्जे,रिवाज प्ल्हे तमु, कान्छा लेम तमु, दिपा लेम तमु, धनमाया क्रोम्छे तमु, तारा क्रोम्छे तमु, जित प्हच्यु तमु, होम ल्हो तमु, मुस्कान कोके तमु र रबिन्द्र प्ल्हच्यु तमु निर्वाचित भए ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भटट प्रमुख अतिथी रहेको सो कार्यक्रममा कतारमा रहेका विभिन्न सामाजिक धार्मिक राजनैतिक संघसंस्थाहरुको प्रतिनिधीहरु उपस्थिति भएकाथिए सहभागीहरुले तमु प्येल्हु संघ कतारको नवौं वार्षिकोत्सव र चौथो अधिवेसनको शुभकामना दिएका थिए ।

अधिवेसनको औपचारिक कार्यक्रम खेकी चिवा (पुरोहित) पच्यु तथा घ्याप्रीद्वारा पुजाआजा गरिएपछि शुरु भएको अधिवेसनको औपचारिक कार्यक्रममा संचालक फलेन्द्र थिम्चे तमुले देशविदेशस्थित तमु प्ये ल्हुसंघहरुबाट प्राप्त शुभकामना सन्देशहरु पढेर सुनाएका थिए । कार्यक्रमको विचविचमा प्रस्तुत गरिएको तमु संस्कार, संस्कृति, भेषभुषा र परम्परा झल्कने विभिन्न नृत्य तथा झांकिको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।