गुरुङ विशेष

बेलायत निवासी संगम गुरुङले मोएय थाइ खेलमा जिते

युके । बेलायत निवासी संगम गुरुङ मोएय थाइ खेलमा विजयी हासिल गरेका छन् ।

के १ फाइट एमेचर अन्तर्गत खेलमा संगमले प्रतिद्वन्दीलाई पराजित गरेका हुन् । वार्ड्फर्ड स्टेडियम लण्डनमा २३ सेप्टेम्बर राती भएको खेलमा खेल संगमले विजयी हासिल गरेका हुन् ।

संगमले हालसम्म ६ खेलमध्ये चार खेलमा विजयी भएका छन् भने २ खेलमा हार व्यहोरेका छन् ।

लण्डनको क्लब स्तरीय खेल खेल्दै आएका संगम द नओस्ले एकाडेमी क्लवमा आवद्ध छन ।

स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका देउराली स्थायी घर भएका शिवचन्द्र गुरुङ र मिरा गुरुङका जेठो छोरा हुन संगम ।

यो खेल थाइल्यान्डबाट शुरु भइ हाल संसारभरका युवामाझ लोकप्रिय छ । यो खेल किक बोक्सिङ जस्तै हो,