गुरुङ विशेष

द गुरुङ (तमु) सोसाईटी इंक युएसएको अध्यक्षमा ओमबहादुर गुरुङ

काठमाडौं । द गुरुङ (तमु) सोसाइटी इंक युएसएको अध्यक्षमा ओम बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

सोसाइटीको शनिवार भएको साधारण सभा तथा १२औं अधिवेसनले ओमसहित २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

यस्तै, महासचिवमा मच्छेदेवी गुरुङ, उपाध्यक्षमा अलिशा गुरुङ, कोषाध्यक्षमा अञ्जित गुरुङ, सहसचिवमा विजय गुरुङ, सहकोषाध्यक्षमा करुणा गुरुङ निर्विरोध निर्वाचित भएका छन ।

नवनिर्वाचित अध्यक्ष ओम गुरुङले अमेरिकामा रहेका एकता नै शक्ति भएकोले सबै गुरुङहरुलाई सहयोग गरी सोसाइटीको कार्यक्रमहरु सफल बनाउन अनुरोध गरे ।

भाषा, धर्म र भेषभुषालाई जगेर्ना गर्ने कामलाई निरन्तर दिई आउने दिनहरुमा सबै गुरुङहरुलाई समेटेर जानको लागि कार्यसमितिले गरेका सबै निर्णयहरुलाई हरेक सदस्यहरुलाई इमेल तथा भाइबरमार्र्फत जानकारी दिने बताए ।

संस्थाको आर्थिक अवस्थालाई सुदृढ गर्नको लागि पहल गर्ने नवनिर्वाचित अध्यक्ष गुरुङको भनाइ छ । साथै साँस्कृतिक, शैक्षिक, खेलकुद लगायत विभिन्न समितिहरु बनाएर युवाहरुको सहभागीतालाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले ओपन फोरुमको शुरुवात गर्ने बताए ।

आफुलाई विश्वास गरेर नेतृत्व चयन गरेकोमा सम्पूर्ण सदस्यहरु, निवर्तमान कार्यसमिति सदस्यहरु, निर्वाचन समिति तथा गुरुङ आमा समूहलाई धन्यवाद व्यक्त गर्दै भोलीका दिनमा सबैलाई हातेमालो गरेर साथ दिनको लागि सबैलाई आग्रह गरे ।

युवाहरुलाई हरेक कार्यक्रममा सहभागी गराई युवाहरुलाई प्रन्त्साहन गर्ने र गुरुङ आमा समूहसँग सहकार्य गरेर कसरी समाजलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा आमा समूहसँग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ । समाजले नयाँ नेतृत्व चयनका लागि गौतम गुरुङको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाइ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

निर्वाचन समिति सदस्यहरुमा पूर्वअध्यक्ष मेख गुरुङ तथा पूर्व सल्लाहकार टेक गुरुङ संलग्न थिए । अलिशा महासचिवमा, ओम कोषाध्यक्षमा र अन्जित सहकोषाध्यक्षमा यस अघिको कार्यकालमा कार्यरत थिए ।

त्यस्तै बोर्ड सदस्यहरुमा भक्त गुरुङ, लिला गुरुङ, गोमा गुरुङ, अशोक गुरुङ, विन्दु गुरुङ, भीम गुरुङ, वुद्धि गुरुङ, सागर गुरुङ, अभिषेक गुरुङ, हिरालाल गुरुङ, अर्जुन गुरुङ, प्रयुद गुरुङ, प्रकाश गुरुङ, नविन गुरुङ, केभिन गुरुङ निर्विरोध चयन भएका छन् । नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समिति संयोजक गौतम गुरुङले पद तथा गोपनियताको सपथ गराएका थिए ।

दुइ सत्रमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा समाजले गएको २ बर्षमा गरेका कार्यक्रमको कार्यप्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै साधारणसभाले विधान संसोधन गरी ट्रष्टी स्थापना गर्ने, कार्यसमितिको कार्यकाल ३ बर्षको रहने, नयाँ कार्यसमिति २१ सदस्य रहने। आजीवन सदस्यहरुका श्रीमान श्रीमती दुवै जनालाई भोट गर्ने अधिकार रहने व्यवस्था गरेको छ ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङलाई सम्मान गरिएको थियो । सम्मानित न्यूजर्सी च्याप्टरका अध्यक्ष भक्त गुरुङले आफु बाचुन्जेलसम्म सोसाइटीको लागि निरन्तर सहयोग गर्ने बताउन्दै सबै गुरुङहरुलाई एक भएर लाग्न अनुरोध गरे ।

त्यस्तै, नेपाल तथा युकेबाट आउनु भएका गुरुङ आमा बुबाहरुलाई स्वागत तथा खादा ओढाएर सम्मान गरिएको थियो । सोसाइटीका निवर्तमान अध्यक्ष तोरण गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको लागि सहयोग गर्ने सम्पूण बोर्ड सदस्यहरु, सल्लाहकारहरु, आमा समुह, युवा समुह लगायत सम्पूण सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै समाजबाट कोही पनि रिटायर्ड नहुने भएकोले आफु सधै समाजको साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

निवर्तमान अध्यक्ष गुरुङले गुरुङ सोसाइटी अन्य समुदायका लागि पनि उदाहरणीय बनाउनका लागि सबै गुरुङहरुलाई अनुरोध गरे । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष तुलसी गुरुङले उपस्थित सबै गुरुङहरुलाई धन्यवाद दिंदै सबै जना एक भएर उभिन सकेमा समाजलाई अझ बलियो बनाउन सकिने बताए । कार्यक्रममा उपाध्यक्ष शान्ति गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

गुरुङ (तमु) सोसाइटी इंक, न्यूयोर्कको स्थापना सन् १९९९ सालमा भए पनि औपचारिक रुपमा जुन ३१, २००१ मा विधिवत रुपमा सञ्चालनमा छ । नयाँ कार्यसमितिको कार्यकाल ३ बर्षको रहने छ ।