गुरुङ विशेष

तमू अगुवाहरुलाई नागरिक पत्रकारिता तालिम

पोखरा । तमू संघ संस्थाका अगुवा प्रतिनिधिहरुलाई नागरिक पत्रकारिता तालिम दिइएको छ ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल कास्कीको आयोजना तथा तमु धिं नेपालको समन्वयमा नागरिक पत्रकारिता तालिम सुरु भएको हो ।

तमुधिँ नेपालको रोधीँ सभाकक्षमा भएको तालिमको पहिलो दिन (आइतबार) तमुधिँ नेपालका अध्यक्ष तथा तमु संचारकर्मी संघका सल्लाहकार हुम बहादुर गुरुङ र वरिष्ठ पत्रकार तथा तमु सञ्चारकर्मी संघ कास्कीका पूर्वअध्यक्ष शान्ती गुरुङले तालिम दिएका थिए ।

भोलि दोश्रो दिन युग गुरुङ र लाला गुरुङले तालिम दिनेछ । तालिममा तमु धींमा आवद्ध ५० वटा संस्था बाट ८० जनाले सहभागिता जनाएका थिए । प्रत्येक समाजबाट अध्यक्ष र सचिवको उपस्थित रहेको थियो । कार्यक्रममा प्रमुख अथिती केन्द्रीय अध्यक्ष लाला गुरुङले ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए । कार्यक्रम एट्जोन कास्कीका अध्यक्ष युग गुरुङको अध्यक्षतामा भएको हो ।