प्रवास

आक्रङ देउराली पैगीलामा भाइखलक युकेको वार्षिक चेलीबेटी भेट कार्यक्रम

बेलायत । आक्रङ देउराली पैगीलामा भाइखलक युकेको आयोजनामा वार्षिक चेलीबेटी भेट कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाबाट अध्ययन, व्यवसाय, जागिरको शिलशिलामा युके आइ बसोबास गरेका आफ्ना चेलीबेटीहरुलाई वार्षिक कार्यक्रम गरी भेट गरेको हो ।

भेट गर्नु को मुल उद्देश्य आफ्नो नातागोता चिनाउने हो । उक्त कार्यक्रममा सास्कृतिक नाचगान समेत गरिएको थियो ।

अध्यक्ष मायारानी गुरुङको नेतृत्वमा भएको उक्त कार्यक्रम बिगत केही वर्षबाट निरन्तर हुँदै आइरहेको छ ।