गुरुङ विशेष

एसइइ र कक्षा १२ उत्तीर्ण भएका तमू विद्यार्थीलाई बधाई तथा शुभकामना

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल विद्यार्थी समितिद्वारा २०८० सालमा एसइइ र कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई पोखरा, नयाँबजारस्थित तमु धीं नेपालको रोधी हलमा शनिबार एक कार्यक्रमबीच ‘बधाई तथा शुभकामना कार्यक्रम’ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर तमुले सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । तमुले परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई अध्ययनलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिदै आवश्यक परेको अवस्थामा कुनै पनि समय सकेको सहयोग गर्न तत्पर रहेको पनि अभिव्यक्त गर्नुभयो ।

यस कार्यक्रममा प्रशंसा पत्र प्रदान गरी बधाई गरिएका २३ जना विद्यार्थीहरु सबै तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति प्राप्त विद्यार्थीहरु हुन ।

संस्थाका अध्यक्ष सुदिप तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा उपाध्यक्ष जितेन तमुले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव कविता तमुले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।