ब्यानर

घलेक बुन्न १५ जनालाई तालिम, प्रशिक्षण चलाउन पैसा पुगेन

काठमाडौं । तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला रास्ट्रिय परिषदले आयोजना गरेको स्यामा घलेक बुन्ने १५ दिने तालिम आज सकिएको छ ।

काठमाडौं महानगरपालिका २६ नम्बर वडाको आर्थिक सहयोगमा भएको सो तालिमका सहभागीहरुले तालिम उपयोगी बनेको बताएका छन् ।

तालिम महत्वपूर्ण रहे पनि तालिम सञ्चालनका लागि भने पैसा अपुग भएको आयोजकको गुनासो छ । स्वागत मन्तव्यमा महासचिव दलमाया गुरुङले आर्थिक स्रोत कमी भएको र आगामी दिनमा बढाइदिन अनुरोध गरे ।

प्रमुख अतिथि काठमाडौं महानगरपालिका २६ नम्बर वडाध्यक्ष खेमराज तिवारीले तालिमका लागि बजेट व्यवस्था गर्न वडा तयार रहेको र योजना लिएर आउन आग्रह गरे ।

संघसंस्थाको तर्फबाट केन्द्रीय उपाध्यक्ष भगवती गुरुङ, तनहुँ समाजका महासचिव प्रेमबहादुर गुरुङ, तमु ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका बागमती प्रदेश अध्यक्ष झमकराज गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आर्थिक सहयोग गरेका व्यक्ति तथा संस्थाहरुर्लाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रशिक्षणमा सहभागी १५ जनालाई प्रमुख अतिथि वडाध्यक्ष तिवारीले प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

प्रशिक्षार्थीहरुमध्येबाट भिमा गुरुङ र प्रशिक्षकको तर्फबाट भिममाया गुरुङले मन्तव्य राखेका थिए ।

तमुस्यो ह्युल छोंज धींका केन्द्रीय उपाध्यक्ष सीता गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।