गुरुङ विशेष

भीम उपाध्यायले मागे माफी, पूर्णिमाया गुरुङले माफी दिइन्

काठमाडौं । चितवनकी पूर्णिमाया गुरुङको फोटो पोष्ट गर्दै ‘गोरु खाने धराने’ लेखेर फेसबुकमा लेख्ने पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमायाले पनि माफी दिएका छन् ।

आफूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले पूर्णिमायाको व्यक्तिगत जीवनमा परेको आघातप्रति उपाध्यायले माफी मागेपछि पूर्णिमायाले माफी दिएका हुन् ।

तमू ह्यला छोंज धिँ गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजन र परिषद तथा तमू प्ये ल्हु संघ चितवनका पदाधिकारीहरुको रोहवरमा काठमाडौंमा आइतबार दुवै पक्ष बसी सहमति भएको छ ।

यो सहमतिसँग पूर्णिमायाको तर्फबाट जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरी पनि फिर्ता हुने सहमतिमा उल्लेख छ ।