काठमाडौँ । विश्व हिन्दु महासंघले संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो ।
समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले गुरुङलाई सो उपाधि प्रदान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो ।
सम्मान ग्रहण गर्दै डा गुरुङले आगामी जीवन सामाजिक कल्याणमा लगाउने बताए । उनले नेपालको सद्भाव कायम राख्न र्याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको विचार राखे । नेपाल आध्यात्मिक केन्द्रको रुपमा विश्वमा परिचित भएको भन्दै त्यसको अध्ययनमा लाग्न सुझाए ।