गीत–संगीत

अरुणा गुरुङले जिते हङकङमा एक लाख डलरको ‘एथ्निक अचिभमेन्ट अवार्ड’

हङकङ । ३२ वर्षसम्म हङकङको क्याथे प्यासिफिक एयरलाइन्समा काम गरेकी नेपाली समुदायकी अरुणा गुरुङले करिब एक लाख डलर बराबरको ‘एथ्निक अचिभमेन्ट अवार्ड २०२३’ जितेकी छिन्।

हङकङ सरकारको ‘एथ्निक अचिभमेन्ट अवार्ड २०२३’ आयोजक समितिले वितरण गर्ने दश लाख हङकङ डलर बराबरको यो अवार्ड विभिन्न क्षेत्रका ११ जनालाई प्रदान गर्ने निर्णय गरेको छ। जसमा नेपाली समुदायबाट अरुणा गुरुङ पनि छनौटमा परेकी छिन्।

हङकङको जातीय अल्पसंख्यक समुदाय र विभिन्न क्षेत्रमा गुरुङले गरेका सकारात्मक योगदानहरूको मूल्याङ्कन गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो। आगामी नोभेम्बरमा अवार्ड प्रदान गरिने समारोहमा उनलाई आमन्त्रण गरिएको छ।

३२ वर्षसम्म हङकङको क्याथे प्यासिफिक एयरलाइन्समा काम गरेपछि उनले ‘इलफ्लाइट सर्भिस म्यानेजर’ पदबाट गत वर्ष अवकाश लिएकी थिइन्। यसअघि हङकङ महिला अयोगको सदस्य, जातीय सद्भाव प्रवद्र्धन समिति सदस्य रहेकी गुरुङ हाल याउचिमोङ डिस्ट्रिकको फयर सेफ्टी कमिटि सदस्यका रुपमा सक्रिय छिन्।

गुरुङ सन् २०१२ मा हङकङ सरकारको ‘चिफ एक्जिक्युटिभ कमिन्डेसन अवार्ड’ बाट पनि सम्मानित भएकी थिइन्।