कभर स्टोरी

तमुधिँ नेपालमा एक करोडको स्वास्थ्योपचार कोष स्थापना

पोखरा । आर्थिक अभावले स्वास्थ्योपचारको समस्या हुने बिरामीहरुका लागि तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्वाथ्योपचारकोष स्थापना भएको छ ।

सो कोष स्थापना तमु धिं नेपालका वरिष्ठ समाजसेवी मेजर स्वर्गीय जयबहादुर गुरुङकी धर्मपत्नी श्रीमती रुप कुमारी गुरुङ तथा उनका परिवारले स्थापना गरिदिएका हुन् ।

तमुधिँ नेपालमा स्वर्गीय मेजर जयबहादुर र रुपकुमारी गुरुङको शालिक अनावरण कार्यक्रममा सो कोष स्थापना गरिएको हो ।

सो परिवारले यसअघि २०५७ सालमा १७ लाख ५ हजार रुपैयामा तमु धिं नेपालको मुलघर साँस्कृतिक धिं बनाइदिएका थिए ।

तमुधिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले फेसबुकमा लेख्दै भनेका छन्, ‘यसरी नै आज जेठ १६ गते परम आदरणीय दम्पतिको सालिक तमु धिंको मुलघर हालको गुरुङ संग्रहालयमा प्रतिस्थापन गरि अनावरण गर्न पाउँदा उहाँहरुको आगामी दिनमा पनि आशीर्वाद पाइरहने अपेक्षा गर्दछौं ।’