कभर स्टोरी

गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई पितृशोक

काठमाडौं । बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुलाई पितृशोक परेको छ ।

तमुका पिता कास्की पोखरा महानगरपालिका( २७ रिठ्ठेपानी (दुर्गा टोल) निवासी ९१ वर्षीय शिरध्वज गुरुङको बुधबार दिउँसो साढे ३ बजे उपचारको क्रममा निधन भएको हो । पुरानो गाउँ माछापुच्छ्रे गाउँपालिका ५ रिभान भएका मृतक गुरुङ विगत ३–४ वर्षदेखि पेट र छातीसम्बन्धी समस्याले बिरामी थिए ।

पछिल्ला वर्षहरुमा बेलायतमा बसोबास गर्दै आएका गुरुङ उनकै चाहनामा केही महिनाअघि मात्र नेपाल ल्याइएको थियो । मृतक गुरुङ छ गोर्खा राइफल्सका अवकाश प्राप्त वफादारी सेना थिए ।

उनी वि सं १९८९ साउन ७ मा जन्मिएका थिए ।