काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा रेशम गुरुङ नियुक्त गरेका छन् । आठ महिनादेखि रिक्त रहेको प्रतिष्ठानको उपाध्यक्षमा प्रधानमन्त्री ओलीले गुरुङलाई नियुक्त गरेका हुन् । प्रतिष्ठानको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । अध्यक्षले उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ । प्रतिष्ठानको उपाध्यक्ष कार्यकारी रहने गर्दछ । संघीय मामिलामन्त्री राजकुमार…