पोखरा । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । कार्यक्रमको सिलसिलामा पोखरा आएका नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङलाई प्रतिष्ठानको तर्फबाट कार्यकाल सफलताको शुभकामना दिइएइको हो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङले सञ्चारमन्त्रीलाई फेटा गुथाएर सफल मन्त्री बन्न शुभकामना दिए…