हङकङ निवासी इन्दकाजी गुरुङले भद्रा घलेद्वारा लिखित २० हजारको किताब किनेर गुरुङ पत्रकारलाई दिए

काठमाडौं । हङकङ निवासी समाजसेवी इन्द्रकाजी गुरुङले लेखक भद्रकुमारी घलेद्वारा लिखित पुस्तक किनेर तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाललाई दिएका छन् । लेखक घलेले लेखेका २० हजार रुपैयाँ मूल्य बराबरको पुस्तक किनेर तमू सञ्चारकर्मीलाई दिएका हुन् । अनामनगरमा रहेको घलेको पुस्तकालय महानगरपालिकाले भत्काइदिएपछि अहिले मैतीदेवीस्थित आफ्नै निवासको माथिल्लो २ तला थपेर पुस्तकालय निर्माण भइरहेको छ ।…