काठमाडौं । काठमाडौंमा बसोबास गर्ने खोटाङका गुरुङहरुले आफ्नो मातृभाषा सिकेका छन् । मातृभाषा प्रशिक्षणको कार्यक्रम शनिवार एक कार्यक्रमबीच समापन गरिएको छ । डेढ महिना चलेको प्रशिक्षण कार्यक्रममा ८० प्रतिनिधिको सहभागिता थियो । प्रशिक्षकद्वय डम्बरबहादुर गुरुङ र मिना गुरुङले प्रशिक्षण दिएका थिए । खोटाङ गुरुङ (तमु) सेवा समाज काठमाडौको आयोजनामा भएको सो प्रशिक्षण आदिवासी जनजाति उत्थान…