हिमाल आरोही तेजन गुरूङलाई पोखरामा सम्मान

पोखरा । गुरूङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) गण्डकीको आयोजनामा हिमाल आरोही तेजन गुरूङलाई सम्मान गरिएको छ । तेजनले ९ अक्टोबर २०२४ मा नेपाली समयअनुसार बिहान ५ बजे चीनको आठ हजार २७ मिटर अग्लो शीशापाङ्मा हिमाल आरोहण गरेका थिए। योसँगै उनले विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा हिमालको सफल आरोहण गरेका छन्।…