पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल विद्यार्थी समितिद्वारा २०८० सालमा एसइइ र कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई पोखरा, नयाँबजारस्थित तमु धीं नेपालको रोधी हलमा शनिबार एक कार्यक्रमबीच ‘बधाई तथा शुभकामना कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर तमुले सम्पूर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो…