चितवन । ड्राइभिङ स्कुल संघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्वाचित हुनुभएको छ । भरतपुरमा शनिबार राति अबेर भएको पाँचौं महाधिवेशनको निर्वाचन प्रकृयाबाट चितवनका गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । गुरुङ यसअघि तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी सङ्घको सल्लाहकार, ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको थियो ।…