लण्डन, १५ असार । सिरुबारी, पहिलो पर्यटकीय गाउँका गाउँलेहरूको वार्षिक भेला लण्डनको दक्षिण–पूर्व क्षेत्रमा पर्ने प्लमस्टेड कमन (Plumstead Common) मा सम्पन्न भएको छ। कार्यक्रम सिरुबारीका क्या. मोहन गुरुङ र सुवर्ण गुरुङको सहजीकरणमा सञ्चालन गरिएको थियो। व्यस्त लण्डन शहरको विभिन्न भागबाट सिरुबारीबासीहरू उक्त स्थानमा भेला भएका थिए। भेटघाट कार्यक्रममा सिरुबारी गाउँका जगदीश गुरुङ (सोँपाल समाज युकेको…