चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ। असोज १३ गतेसम्मका लागि महाबौद्ध गुम्बा तीनखोलेमा सुरू गरिएको भाषा कक्षाको तमू ह्युल छोंज धीं बागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङले उद्घाटन गरेका हुन्। तमू समुदायमा भाषाको ज्ञान कम हुँदै गएपछि यसको संरक्षणको लागि पनि कक्षा नै सञ्चालन गर्नुपरेको…