अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा डिआइजी बुद्धिराज गुरुङ

काठमाण्डौँ । अख्तियार दुरुपयोग  अनुसन्धान आयोग प्रहरी महाशाखाको नेतृत्वमा बुद्धिराज गुरुङको सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी गुरुङको सरुवा गरेको हो ।  भ्रष्ट्रचार तथा अनियमितता नियन्त्रणको अनुसन्धानका लागि यस महाशाखा अत्यन्तै महत्वपूर्ण ईकाइ मानिन्छ । अपराध नियन्त्रण तथा अनुसन्धानका लागि गुरुङ प्रहरी संगठन भित्र काविल अफिसरका रुपमा चिनिन्छन् ।…