चितवन । तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनले यस वर्ष पनि भव्य कार्यक्रम आयोजना गरेर तमू ल्होसार पर्व मनाउने भएको छ। चितवन जिल्लामा करिब ५० हजार गुरूङको प्रतिनिधित्व गर्दै आएको छोंज धीं चितवनले विगतका वर्षजस्तै यसवर्ष पनि पुस १४ गते रात्रिकालीन कार्यक्रमसहित ल्होसार पर्व मनाउने तयारी गरेको शनिबार कार्यक्रमस्थल महाबौद्ध गुम्बा परिसरमा पत्रकार…