कभर स्टोरी

तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चितवनका पत्रकार चित्र सोल्टी गुरुङ निर्वाचित

कास्की । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा चितवनका पत्रकार चित्र सोल्टी गुरुङ निर्वाचित भएका छन् । कास्किको पर्यटकीय गाउँ सिक्लेसमा शनिबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष गुरुङ एक दशक भन्दा बढिदेखि पत्रकारितामा सक्रिय छन् । मुख्यतया छापा पत्रकारितामा क्रियासिल अध्यक्ष गुरुङ मनकामना एफएमको स्टेशन प्रमुख, आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक हुदै विगत १० वर्षदेखि इच्छाकामना न्युज डटकम अनलाईन संचालन गरिरहेका छन् । यस्तै उनकै व्यवस्थापनमा विगत ५ वर्षदेखि गुरुङ समुदाय प्रति समर्पित छ्याजालो न्युज डटकम अनलाईन समेत संचालनमा छ ।

नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि एक कार्यकाल तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय सचिव र एक कार्यकाल महासचिवको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

अधिवेशनले संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दान बहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा बिबर गुरुङ, किरण गुरुङ, राम बहादुर गुरुङ र बेद बहादुर गुरुङ (विवेक) लाई निर्वाचित गरेको छ ।