ब्यानर

कास्कीको प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङ

पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्मा सरुवा भई धनकुटा गएकी छन् । गृह मन्त्रालयको निर्णयअनुसार उनको स्थानमा कुमानसिंह गुरुङ कास्कीको प्रमुख जिल्ला अधिकारीका रूपमा आएका छन् ।

शर्मा १ वर्षदेखि कास्कीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन्। गृह मन्त्रालयले नियमित प्रशासनिक सरुवाअन्तर्गत शर्मा र गुरुङको जिम्मेवारी हेरफेर गरेको जनाएको छ। गुरुङले चाँडै नै कास्कीमा कार्यभार सम्हाल्नेछन् ।

गुरुङ यसभन्दा अघि बागलुङकाे प्रमुख जिल्ला अधिकारी थिए । त्याेभन्दा अघि गण्डकी प्रदेश सरकारकाे उद्याेग तथा पर्यटन मन्त्रालयको सचिवका रुवमा कार्यरत थिए । 

उनको आगमनसँगै जिल्लाको प्रशासनिक नेतृत्वमा नयाँ जिम्मेवारी र कार्यशैलीको अपेक्षा गरिएको छ।  नयाँ सिडिओ गुरुङले जिल्लाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह र विकास निर्माणका गतिविधिमा समन्वयात्मक भूमिका निर्वाह गर्ने पनि अपेक्षा गरिएको छ।