काठमाडौँ । कराँते खेलाडी एरिका गुरूङलाई तमु धीं यूकेले गुडविल एम्बास्डर घोषणा गरेको छ । सोमबार दशरथ रंगशालास्थित कराँते महासंघमा आयोजना गरिएको एक कार्यक्रमबीच उनलाई गुडविल एम्बास्डर घोषणा गरिएको हो ।
अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्वभर चिनाउन सफल एरिकालाई सम्मानस्वरुप यो जिम्मेवारी प्रदान गरिएको तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले बताए ।
तमु धीं यूकेले प्रदान गर्ने तमु प्रतिभा पुरस्कार २०२४ पहिलो पटक एरिका सम्मानित भएकी थिइन् । कार्यक्रममा कराँते महासंघका पदाधिकारी, तमु धीं यूकेका उपाध्यक्ष कमलसहित प्रतिनिधिहरू र खेलाडीहरूको उपस्थिति थियो ।





