आगामी पौष १४ देखी १६ गते सम्म ‘विविध सांस्कृतिक कार्यक्रमका साथ तमु ल्होछार महोत्सव २०८२’ हुने भएको छ । तमु सामुदायहरुको मौलिक पर्व ल्होछार सप्री ल्हो (सर्प वर्ग) विदाई र त ल्हो (घोडा वर्ग)को अवसरमा महत्सव आयोजना गरिएको, तमु ल्होछार मुल आयोजिक समिति तमु धिं नेपालको आयोजनामा आइतबार तमु धींमा भएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
सवै सामुदाय, जातजातिलाई एकता, सदभाव, सांस्कृतिक एवम् राष्ट्रिय सुदृढ गर्ने उद्देश्यले ल्होछारको अवसरमा महोत्सवको आयोजना गरि, पहिलो पटक राष्ट्रिय पर्वको रुपमा ल्होछार मनाउन लागिएको तमु धिं नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक हुम बहादुर तमुले जनाकारी दिनुभयो । पोखरा–१, बगर स्थित पुरानो टुडिखेलमा हुन लागेको ल्होछार महोत्सवमा शुभकामना ¥याली एवम, झाँकी प्रतियोगिता, सामुहिक खुल्ला लोकनृत्य, प्रतियोगिता, तमु ल्होछार भलिबल कप, १२ वर्ष सम्मका तमु बालबालिकाहरु वीच गुरुङभाषा तथा प्रतियोगिता, लोपोन्मुख सास्कृतिक प्रस्तुतिहरु रहेको अध्यक्ष तमुले बताउनुभयो ।
त्यसैगरी खुल्ला छेलो प्रतियोगिता, मे त्हे, गुरु खेगीहरुबाट आशिर्वाद ग्रहण, लोकदोहोरी कन्सर्ट लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरु र विभिन्न स्टलहरु रहनेछ । महोत्सवलाई भव्य रुपमा सफल बनाउन तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुको संयोजकमा दुई सय नौ सदस्यीय तमु ल्होछार महोत्सव मुल आयोजक समिति र विभिन्न २६ वटा उप समितिहरु सक्रियताका साथ अघि वढेको संस्थाका महा–सचिव अधिवक्ता जुना कुमारी गुरुङले जानकारी दिनुभयो । महोत्सवमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने, ३७ लाख १० हजार रुपैया खर्च र ४१ लाख ५० हजार रुपैया सङ्कलन गर्ने अनुमान गरिएको छ । महोत्सवको अवसरमा हुन लागेको पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि रु ५ हजार रुपैया दर्ता शुल्क लाग्नेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हजार द्धितियलाई ८० हजार शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । सान्त्वना पुरस्कार सेमिफाइनलका उपविजेता २ टिमलाई रु २५ हजारको दरले, पदक विहिन सहभागी टिमलाई रु १० हजार रहेको खेल संयोजक लामा अमृत गुरुङले जानकारी दिनुभयो । त्यसैगरी विद्यागत पुरस्कारहरु उत्कृष्ट खेलाडी, स्पाईकर, सर्भर, डिफेन्डर, सेटर, मिडल ब्लक्र, प्रशिक्षक, म्यान अफ दि म्याच (सेमि/फाइनल ) खेलाडी संख्या १० जना१ जन टिम प्रशिक्षक, एकजना व्यवस्थापक गरी जना हुनेछ । अरु विभिन्न खालका प्रतियोगितामा सन्त्वना देखि प्रथम हुनेलाई रु ३ हजार रुपैया देखि ७५ हजर रुपैया नगद प्रदान गरिने संयोजक गुरुङले वताउनुभयो ।





