ब्यानर

नेपाल तमू विद्यार्थी छोंज धीं राष्ट्रिय पार्षद भेला पुस २६ र २७ मा चितवनमा हुने

काठमाण्डौ । नेपाल तमू विद्यार्थी छोंज धीं को राष्ट्रिय पार्षद भेला चितवनमा हुने भएको छ । शनिबार काठमाण्डौमा बसेको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैैठकले राष्ट्रिय पार्षद भेला आगामी पुस २६ र २७ गते चितवनमा गर्ने निर्णय गरेको हो ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष दिल गुरुङ र तमू विद्यार्थी छोंज धींका निवर्तमान अध्यक्ष विश्वराज गुरुङको आतिथ्यतामा बैठक बसेको हो । बैठकले उपमहासचिव अनिल गुरुङलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको अध्यक्ष पवन गुरुङले जानकारी दिए ।

यस्तै बैठकले खोटाङका भिषण गुरुङ र तनहुँका सन्दिप गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेको अध्यक्ष गुरुङले बताए । बैठकले संगठन विस्तारका लागि पूर्वपश्चिम अभियान संचालन गर्ने र ल्होसारको पूर्वसन्ध्यामा स्यौरा कार्यक्रम गर्ने निर्णय पनि गरेको उनले बताए ।