गुरुङ विशेष

लमजुङ हिमालमा ५१ वर्षपछि चार युवाको पाइला

चितवन । कास्की र लमजुङको सिमानामा पर्ने लमजुङ हिमालको चुचुरोमा तीन जना युवा एकसाथ उक्लिएका छन्। गोरखा जिल्ला, धार्चे गाउँपालिका वडा नं.४ लाप्राकका सन्दीप गुरूङ, सुजल गुरूङ र बुद्ध गुरूङसँगै सोलुखुम्बुका फुर्बा शेर्पाले एकसाथ उक्त हिमालको आरोहण गरेका हुन्। ५१ वर्षपछि दोस्रोपटक २७ अक्टुबर २०२५ का दिन दिउँसो ३ बजे सफल आरोहण गरेका हुन्।

६ हजार ९८३ मिटर अग्लो लमजुङ हिमालको यसअघि सन् १९७४ सालमा पहिलोपटक दुई जना विदेशी नागरिक डेरिक चाम्बर्लिङ र फिलिप निमले आरोहण गरेका थिए। तर विविध प्राविधिक कारणवश उक्त हिमालको चुचुरोमा त्यसयता कसैले पनि पाइला राखेका थिएनन्।

हुन त लाप्राकका सन्दीप गुरूङ गुरूङ, सुजल गुरूङ र बुद्ध गुरूङसहित सोलुखुम्बुका फुर्बा शेर्पा हिमाल आरोणका लागि नभएर विदेशी नागरिकहरुको प्याराग्लाइडिङका लागि लमजुङ गएका थिए। तर, खराब मौसमका कारण प्याराग्लाइडिङ रद्द भएपछि विदेशी नागरिहरु फर्किएपछि चार जना युवाहरु सोही मौकामा हिमालको चुचुरो चुम्नतर्फ लागेका हुन्।

सन् २०१७ बाट हिमाल आरोण गरेका सन्दीपले हालसम्म सगरमाथा, लोत्से, केटू, कञ्चनजङघा, मनास्लु, जी–१ आमाडम्बलम लगागतका आठ हजार मिटरभन्दा माथिका छ वटाभन्दा बढी हिमाल आरोहण गरिसकेका छन्।