गुरुङ विशेष

तमु धीं जापानको आयोजनामा आइतबार २७ औँ रोधी साँझ हुदैँ

जापान :  तमु धीं जापानको आयोजनामा २७ औँ रोधी साँझ हुने भएको छ । (अगष्ट १०) साउन २५ गते  आइतबार  मेगुरो, चुशो किग्यो केन्द्रमा कार्यक्रम हुने भएको हो । कार्यक्रम ३ बजे देखि सुरु हुने छ ।

कार्यक्रममा चर्चित गलबन्दी चिनो ङलो राजालाई गीतका गायक राज बहादुर गुरुङको प्रस्तुती हुने छ । गायक गुरुङ हाल जापान पुगिसक्नु भएको छ । उहाँ सगैँ स्थानिय कलाकारहरु अमर गुरुङ,रुपेश गुरुङ,दिपेश गुरुङ,विपन गुरुङको समेत साङ्गितिक प्रस्तुति रहने छ ।साथै कलाकार केवल गुरुङ को संयोजनमा मौलिक नृत्य हरु प्रस्तुत रहने तमु धीं जापान अध्यक्ष हिमाली गुरुङले जानकारी दिनुभयो ।

जापान मनि एक्स्चेन्ज जेएमआईका साथै जापानमा रहेका विभिन्न समाजसेवी व्यावसायि हरु बाट कार्यक्रम सफलताका लागि प्रायोजकहरु आइरहेको अध्यक्ष गुरुङले जानकारी दिनु भयो ।

तमु धीं जापान विदेशमा स्थापना भएको अग्रणी संस्था हो । तत्कालीन अवस्थामा रोजगारीको शिलशिलामा जापान पुगेका तमु हरुले सन १९९५ मा स्थापना गरिएको संस्था हो ।

यस संस्थाले सामाजिक सेवा,मानविय सेवा,शिक्षा लगायत भाषा संस्कार संस्कृती समेत जोगाउने कार्यमा हातेमालो गर्दै आइरहेको छ ।बिगत २७ वर्ष देखि रोधिं साँझ भनेर सास्कृतिक कार्यक्रम गर्दै आइरहेको छ ।