स्याङ्जा : राजेन गुरुङ फेदीखोला गाउँपालिका वडा नं २ लामिस्वाँरा का कृषक हुन् । करिब १६ वर्ष वैदेशिक रोजगारका शिलशिलामा मलेसिया बसे । त्यसपछि कोरोना समयमा नेपाल फर्के पछि विगत ५ वर्ष देखि व्यावसायिक रुपमा कृषि कर्ममा रमाइ रहेका छन् ।
राजेनले गाँउमै भएका युवाहरुलाई जम्मा गरेर २५ जनाको समूह बनाइ परोपकार कृषि समूह खोलेर तरकारी जन्य खेती गर्दै आइरहेका छन् । फेदीखोला गाँउपालिका बाट प्राविधिक सहयोग कृषि औजारहरुमा अनुदान सहयोगका साथै कृषि ज्ञान केन्द्र स्याङ्जाबाट समेत सहयोग प्राप्त गरेको छ ।
हाल फेदीखोला गाँउपालिकाको योजना अनुसार मौरी घार बितरण गर्ने कार्यक्रम राखिएकोमा फेदीखोला भरिका २४ जना कृषक समुह मिलेर श्री फेदीखोला सेरेना मौरी पालन समूह गठन गरिएको छ । उक्त समूहका सदस्य हुन् राजेन गुरुङ । अहिले यहि समूहले गाउँपालिकाको सहयोगमा विभिन्न प्राविधिक ज्ञान दिदै आइरहेको छ । राजेन गुरुङले आफ्नो पुरानो घार दुई र गाँउपालिका ले ७० प्रतिशत अनुदानमा दिएको मौरी घार २५ गरेर जम्मा २७ घारमा मौरी पाल्दै आइरहेका छन् ।
मौरी पालन राम्रै भएको र यसको आवाजले ज्यादै आनन्द आएको र उत्पादन पनि राम्रो भएको बताए । अब उत्पादनका साथै मौरिको घार बिस्तार मा समेत लाग्ने राजेनको योजना रहेको छ ।
केही समय अगाडि फेदीखोला गाउँपालिकाले पहिलो पटक मह महोत्सव समेत गरेको र त्यहाँ हरेक कृषकले उत्पादन गरेको मह बिक्री समेत गरेको प्रती केजि रु एक हजार ५०० मा बिक्री गर्दा राम्रै मुनाफा प्राप्त गरेको पनि उनले बताए ।भर्खरै मात्र मौरी चरन बिस्तार योजना अनुसार गाउँपालिकाले सुर्यमुखी फुलको बीउ,सितल चिनीको बिरुवा,कल्की फुलको बिरुवा निशुल्क बितरण गरेको थियो ।
फेदीखोला गाँउपालिकाले बाख्रा पालान,तरकारी खेतीमा अनुदान ,हल गोरु पाल्नेलाई अनुदान ,बाझो जग्गामा खेती गर्नेलाई अनुदान साथै रैथाने बाली कोदो लगाउनेलाई अनुदान दिदै आइरहेको छ भने यो आर्थिक वर्ष ०८१/०८२ मा मौरी पकेट क्षेत्र गरि पालिका भरका २४ जना कृषकहरुलाई एकीकृत गरि प्रत्येक कृषकलाई २५ घारका दरले ६०० थान घार ७० प्रतिशत अनुदान सहयोगमा बितरणगरेका छौँ यसका लागि विभिन्न स्थान हरु मा भ्रमण ,प्राविधिक सहयोग,तालिम दिलाएका छौँ फेदीखोला गाँउपालिका अध्यक्ष घनश्याम सुवेदीले भन्नुभयो, “आगामी दिनहरुमा मह साथै घार वृद्धि गरि पालिकाको समृद्धिमा समेत टेवा दिनेमा ढुक्क रहेका छौँ ।”