काठमाडौं । तमू (गुरुङ) सञ्चारकमी{ संघ नेपालले पत्रकारिताको समस्या, चुनौती र अवसरका विषयमा दुई दिने परामश{ काय{क्रम सम्पन्न गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आथि{क सहयोगमा काठमाडौंमा भएको परामश{ काय{क्रममा सहभागी तमू पत्रकारहरुले आमपत्रकारहरुले भोग्दै आएका समस्याहरु भोगिरहेको बताएका छन् ।
चितवनबाट सहभगी तुलमान गुरुङले पत्रकारले अहिले सबैभन्दा चरम रुपमा आथि{क संकट भोगिरहनुपरेको बताए ।
काय{क्रममा पत्रकारका समस्या, चुनौती र अवसरका विषयमा वरिष्ठ पत्रकार चुनबहादुर गुरुङ, नेपाली मिडियामा एआइईको प्रयोगका विषयमा वरिष्ठ पत्रकार खिम घले र नेपालका आदिवासी जनजाति पत्रत्रकार र समावेसिताका विषयमा वरिष्ठ पत्रकार डण्ड गुरुङले प्रशिक्षण दिएका थिए ।
सो काय{क्रममा संस्थाका भावी योजनाका विषयमा छलफल भएको थियो । यसको सहजीकरण वरिष्ठ पत्रकार अनिता गुरुङले गरे । काय{क्रममा डा. टेकबहादुर गुरुङले पत्रकारका समस्यालाई उद्देश्यमा कसरी परिणत गने{ भन्ने विषयमा सहजीकरण गरेका थिए ।
चितवन, कास्की, रुपन्देही लगायत स्थानबाट ३० बढी सहभागी रहेको सो तालिमले आफूहरु उत्साहित भएको र यसले सकारात्मक प्रभाव पाने{ विश्वास एटजोनका अध्यक्ष लाला गुरुङको छ ।