पोखरा । याङजाकोट तमू समाज पोखराको ३८औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले जेमप्रसाद गुरुङो अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा तिलु गुरुङ, द्धितिय उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा युवराज गुरुङ, सचिवमा डिलशोभा गुरुङ, कोषाध्यक्षमा आशबहादुर गुरुङ र सह–कोषाध्यक्षमा सु.मानध्वोज गुरुङलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा क्या.श्यामबहादुर गुरुङ, सु.गम्भीरजंग गुरुङ, सु.प्रेमबहादुर गुरुङ, फारसबहादुर गुरुङ, अर्जुन गुरुङ र धनबहादुर गुरुङलाई चयन गरेको छ भने महिला सदस्यमा भीमकुमारी गुरुङ र मोती गुरुङ रहनु भएको छ ।
अधिवेशनको समाजका सदस्य ह.ले.मिनबहादुर गुरुङले उदघाटन गर्नुभएको थियो ।