युके : नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा)बेलायतमा यसवर्ष आयोजना हुने गोर्खा कप –२५ मे २०२५० मा सहभागी हुन युके आइपुगेकी छन् । । गोर्खा कपको विशेष आकर्षकको रुपमा हेरिएकी उनी बिहीबार साँझ लन्डन आइपुगेको तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । उनका अनुसार साम्बाको उपस्थितिले गोर्खा कपको गरिमा बढ्नेछ । साथै दर्शक समेत बाक्लिने अपेक्षा गरिएको छ ।
फ्रान्समा व्यावसायिक रुपमा फुटबल खेलिरहेकी उनी
फ्रान्सबाट सिधै हिथ्रो विमानस्थल आएकी उनलाई तमू धीं यूकेका अध्यक्ष गुरुङसहित पदाधिकारी तथा सदस्यहरुले भव्य स्वागत गरेका थिए ।
साम्बालाई फ्रान्सबाट बेलायत ल्याउन साथै खाना बस्नको पिपल ग्रुप र यसका प्रोप्राइटर सूर्य गुरुङले गर्ने गरिरहेका छन् । पिपल ग्रुपले बेलायतमा पिपल रियल स्टेट, पिपल मर्गेज, पिपल एकाउन्टिङलगायत सञ्चालन गर्दै आएको छ ।
अध्यक्ष गुरुङका अनुसार साम्बा आइतबार अल्डरसटस्थित क्विन्स एभिन्यू फुटबल खेलमैदानमा आयोजना हुने गोर्खा कपमा सहभागी हुनेछिन् । उनी मंगलबार लन्डनबाट मंगलबार बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बैंककमा नेपाली राष्ट्रिय महिला टोलीले थाइल्यान्डसंगको २ मैत्रीपूर्ण खेल खेल्नेछन् ।