पोखरा । गुरूङ फिल्म एसोसिएसन (जिफान)लाई तमू धीं जापानले आर्थिक सहयोग गरेको छ। जापानको टोकियोमा सम्पन्न २६औं रोधीं साँझबाट सङ्कलित पाँच लाख एक हजार ९६० रूपैयाँ पोखरास्थित तमू धीं नेपालको कार्यालयमा हस्तान्तरण गरिएको हो। गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरूङ, तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरूङ, तमू धीं जापानका संरक्षक इशवर गुरूङलगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।
जिफानले संस्थाको भवन निर्माणको लागि जग्गा खरिदमा उक्त रकम प्रयोग गर्नेछ। जिफानले आर्थिक सहयोगको लागि अपिल गरेपछि तमू धीं जापानले आर्थिक सहयोग गरेको तमू धीं जापानकी अध्यक्ष हिमाली तमूले जानकारी दिइन्। तमू धीं जापानले लोकप्रिय गायिका तृष्णा गुरूङ तथा दि कोलाब लाइभ ब्याण्डलाई कार्यक्रममा उपस्थित गराएर कार्यक्रम आयोजना गरेको थियो।