काठमाडौं । गुरुङ बुद्धिजमको केन्द्रीय भेला सम्पन्न भएको छ। तमू बौद्ध सेवा समिति नेपालको हलमा भएको कार्यक्रम तमू बौद्ध सेवा समितिका अध्यक्ष नारायणबहादुर गुरुङको अध्यक्षतामा भएको हो।
कार्यक्रममा पूर्व सांसद तोरणबहादुर गुरुङ प्रमुख अतिथि थिए। खेन्पो वसन्त गुरुङले नेपाली भाषामा मङ्गल वाचन गरेर सुरु भएको कार्यक्रममा ई ध्रुवबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए।
गुरुङ बुद्धिजमको अवधारणाबारे भने पुष्पबहादुर गुरुङले प्रष्ट्याउने प्रयास गरेका थिए। कार्यक्रममा तमू ह्युल छोंज धीं संरक्षण समितिका अध्यक्ष रेशम गुरुङलगायतले मन्तव्य दिएका थिए।
कार्यक्रमको अन्त्यमा ई ध्रुवबहादुर गुरुङको अध्यक्षतामा केन्द्रीय समिति गठन गरी महासचिव पुष्पबहादुर गुरुङ, सचिव लालबहादुर गुरुङ, कोषाध्यक्ष चन्द्रमान गुरुङ, सदस्य प्रेम गुरुङ, चन्द्रबहादुर गुरुङलगायतलाई चयन गरिएको छ।