ब्यानर

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङलाई मातृशोक

चितवन । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङलाई मातृशोक परेको छ। लामो समयदेखि अस्वस्थ रहेकी ८८ वर्षीया पियारी गुरूङको सोमबार दिउँसो करिब साढे १ बजे इच्छाकामना गाउँपालिका वडा नं–६, याकराङस्थित आफ्नै निवासमा निधन भएको हो।

स्वर्गीय गुरूङको गुरूङ समुदायको परम्पराअनुसार सोमबार साँझ अन्त्येष्टि गरिएको छ। उनका चार भाइ छोरा छन्, जसमध्ये इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ कान्छा छोरा हुन्।