गुरुङ विशेष

तमूस्यो ह्युल छोंज धीको केन्द्रीय पार्षद सभा धादिङबेसीमा हुने

  • रेखबहादुर गुरुङ

धादिङ । गुरुङ महिलाहरुको छाता संगठन तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रीय पार्षद सभा धादिङबेसीमा हुने भएको छ। यही असोज ५ गते हुने पार्षद् सभाको तयारी तीव्र पारिएको छ।

पार्षद् सभा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति गठन गरेर तयारी गरिरहेको आयोजकले जनाएको छ। तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङकी कोषाध्यक्ष निरु तमूस्योको संयोजकत्वमा आर्थिक उपसमिति तयार गरेको छ।

यस्तै अतिथि सत्कार, भान्सा व्यवस्थापन, प्रचारप्रसारलगायतका उपसमिति गठन गरेर सोहीअनुसारको काम भइरहेको तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति धादिङकी अध्यक्ष जमुना तमूस्योले जानकारी दिइन्।

धादिङबेसीको सिरानबजार स्थित क्रिक रिसोर्टमा सञ्चालन हुने पार्षद् सभामा नेपालको ४७ जिल्लाबाट १८० जना प्रतिनिधिको सहभागीता रहने छ। पार्षद् सभाले विधान शंसोधनसँगै आगामी कार्ययोजनाका विषयमा निर्णय गर्ने छ।

तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को जिल्ला कार्यसमिति धादिङको व्यवस्थापनमा केन्द्रीय समितिको पार्षद् सभा हुन लागेको हो।