समाचार

लमजुङ घले समाजको अध्यक्षमा पुनः दूधराज

लमजुङ । लमजुङ घले समाजको दोस्रो अधिवेशनले पुनः दूधराज घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार काठमाडौंमा भएको अधिवेशनबाट उपाध्यक्ष नन्दकुमारी (माया) घले, सचिवमा दिलबहादुर घले र कोषाध्यक्षमा जयबहादुर घलेलाई चयन गरिएको हो।

कार्यसमिति सदस्यहरुमा भने मीनबहादुर घले, नन्दलाल घले, नन्दप्रसाद घले, चेतबहादुर घले, काशी घले, राजकुमारी घले र सीतामाया घले चयन भएका छन्। अधिवेशनले तीन सदस्यीय सल्लाहकारसमेत चयन गरेको छ। लालप्रसाद घले, कृष्णबहादुर घले र यमुना घलेलाई सल्लाहकारमा चयन गरिएको समाजले जनाएको छ।