ब्यानर

नवनियुक्त सञ्चारमन्त्रीलाई तमू सञ्चारकर्मीले दिए बधाई

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना दिएका छन् ।

संघका अध्यक्ष लाला गुरुङको नेतृत्वमा मन्त्री गुरुङको निजी निवासमा पुगेर बधाई तथा शुभकामना दिएका हुन् ।

गुरुङ समुदायबाट दोस्रो सञ्चारमन्त्री नियुक्त भएपछि खुशी व्यक्त गर्दै संघले कार्यकाल सफलताको शुभकामना दिएको छ । यसअघि पार्वत गुरुङ ११ महिना सञ्चारमन्त्री भएका थिए ।

सञ्चारमन्त्री गुरुङले अहिले धेरै चुनौती रहेको भन्दै सबैको साथ सहयोगले सरकारले उपलव्धी हासिल गर्ने विश्वास व्यक्त गरे । सरकार कसरी सञ्चालन गर्नुपर्छ भन्ने कुरा मुख्यमन्त्री भएर राम्रो अनुभव भएको भन्दै उनले सञ्चार र प्रविधिको क्षेत्रमा केही विशेष कार्यक्रम अघि सार्ने पनि बताए ।

मन्त्री गुरुङ गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पनि हुन् । नेकपा एमालेका उपमहासचिव गुरुङ यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत भइसकेका थिए ।